ghar sansar

शुक्लाफाँटामा विद्यालयको बरण्डा सफा नगरेको भन्दै प्रधानाध्यापकले कुटिन कक्षा २ का विद्यार्थी, ८ वर्षिया आशाको दुबै हातबाट बग्यो रगत

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा–३ स्थित जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता चौधरीको कुटाईबाट कक्षा २ की छात्रा आशा चौधरी घाइते भएकी छन् ।

बरण्डा सफा नगरेको भन्दै प्रधानाध्यापक चौधरीले २० विद्यार्थीलाइृ कुटपिट गरेकी थिइन् । उनीहरुमध्ये ८ वर्षिया बालिकालाई चोट लागेर घाइते हुन पुगेकी छन् ।

dirghayi clinic

बालिकाकी आमा रेखा चौधरीले आशाको हातमा चोट लागेर रगत निस्केको बताइन् । ‘सरसफाई नगरेको भन्दै प्रधानाध्यापकले बालबालिकामाथि कुटपिट गरेका छन्,’ उनले भनिन्, ‘छोरीको दुबै हातमा घाउँ भएको छ। रगत बगिरहेको छ ।’

कक्षा २ मा अध्ययनरत २० जना बालबालिकालाई प्रधानाध्यापकले कुटपिट गरेको स्थानीय प्रकाश चाधरीले बताए। ‘कक्षा दुईमा अध्ययनरत सबै बालबालिकाहरुलाई लाठीले हातमा हानेको रहेछ,’ उनले भने, ‘बालबालिकाहरु डराएका छन्, भोलिदेखि विद्यालयनै जादैनौं भन्दै छन् ।’

प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ । अन्जानमा विद्यार्थीलाई चोट पटक लागेको प्रधानाध्यापक सरिताले बताइन् ।

‘पहिलो पिरियडमा सबै बालबालिकाहरु हल्ला गरिरहेका थिए, दैनिक सरसफाई गर्ने रुटिन थियो,’ उनले भनिन्, ‘बालबालिकालाई सामान्य तरिकाले हानेको हो, डराउन मात्रै हानेको थिए, चोटै लागेछ।’

Himal dental
सम्बन्धित
Loading...