ghar sansar

स्थानीय सरकार प्रमुखले आफ्नै कार्यक्रममा नआएको भन्दै असन्तुष्टि पोखेपछि काँग्रेसका प्रदेश साँसद सहभागी भए, माओवादी साँसद आएनन्

महेन्द्रनगर । आफ्नै कार्यक्रममा आउन नसकेको भन्दै स्थानीय तहका प्रमुखले असन्तुष्टि पोखेको केही समयपछि सुदूरपश्चिम प्रदेश सभाका दुई सदस्य सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले झलारीमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुना गोष्ठीमा प्रदेश सभा सदस्य नआएपछि कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखले असन्तुष्टि पोखेका हुन् । उनीहरुले प्रदेश सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रका योजना तर्जुमा कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुनु पर्नेमा जोड दिएका थिए ।

mantra hos123

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क र ख को योजना तर्जुमाका लागि झालरीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश क प्रदेश सभा सदस्य ओमबिक्रम भाट, ख का प्रदेश सभा सदस्य बहादुर सिह थापा र समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीलाई आमन्त्रण गरिएको थियो ।

प्रदेश सभा सदस्य नआएपछि विहान ११ बजे सुरु गर्ने कार्यक्रम ढिलो गरी सुरु गरिएको थियोृ । कार्यक्रम सुरु भएपछि शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा र बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले आफ्नो मन्तव्य राखेका थिए ।

बेदकोटका मेयर बोहरापछि शुक्लाफाँटाका मेयर महराले बोल्ने क्रममा प्रदेश सभा सदस्य बहादुर सिह थापा कार्यक्रममा आएका हुन् । थापा आएको केही समयपछि अर्का साँदस चौधरी पनि आएकी थिइन् । प्रदेश सभा सदस्य क का साँसद भाट भने कार्यक्रममा सहभागी भएनन् ।

कार्यक्रममा सहभागी दुबै साँसद सत्ता साझेदार काँग्रेसका हुन् । सत्तारुढ माओवादी केन्द्रका साँसद भाट भने कार्यक्रममा अनुस्थित भएका छन् ।

कार्यक्रममा शुक्लाफाँटाका मेयर महराले कार्यक्रममा उपस्थित नभएर प्रदेश साँसदले असहमत हुनु पर्ने कारण दिनु पर्ने बताए । ‘आज योजना तर्जुमाका लागि छलफल गरि रहेका छौ, यी योजान कर्मकाण्डी हुन्छन् या कार्यान्वयन हुन्छन, यसको जिम्मा कसले लिन्छ’ मेयर महराले भने,‘यसमा प्रदेश साँसद असहमत छन्, त्यो असहमत हुनु पर्ने कारण के हो भनि दिनु प¥यो, नत्र आफ्नै योजना तर्जुजामा पनि आउन सकिदैन त ।’

प्रदेश साँसदले आफ्नै कार्यक्रममा नआएर संघीयता विरोधी चरित्र देखाएको आरोप महराले लगाए । उनले योजना तर्जुमा समय उपयुक्त नभए पनि प्रदेश सरकारले योजना छनौटका लागि सुरु गरेको कार्य राम्रो भएको बताए ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले प्रदेश सरकारले निर्वाचन क्षेत्र स्तरीय योजना तर्जमा गोष्ठी गरी सैद्धान्तिक रुपमा योजना छनौटका लागि राम्रो सुरुवात गरे पनि स्थानीय सरकारले बजेट ल्याउन समय अघि नै योजना छनौट गर्न अप्ठेरो अवस्था पर्ने बताए । उनले स्थानीय सरकारले सबै जनप्रतिनिधिसित छलफल गरेर मात्रै योजना ल्याउन सकिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षदेखि योजना तर्जुमाका लागि प्रदेश निर्वाचन क्षेत्र स्तरीय गोष्ठी तीन क्षेत्रमा गर्न लागेको हो । त्यस अन्र्तगत बिहीबार झलारी निर्वाचन क्षेत्र नं. २ को कार्यक्रम गरिएको छ । निर्वाचन क्षेत्र नं. १ को बेलौरीमा शुक्रबार र निर्वाचन क्षेत्र नं. ३ को आइतबार जिल्ला समन्वय समितिमा राखिएको छ ।

प्रदेश सरकारले सिँचाई विकास डिभिजन कार्यालयलाई योजना तर्जुमा गोष्ठी आयोजना गर्ने जिम्मेवारी दिएको छ । सिँचाई विकास कार्यालयका प्रमुख महादेब विष्टले सबै क्षेत्रमा प्रदेश सभा सदस्य सहित कार्यक्रम गरी योजान छनौट गरिने बताए ।

कार्यक्रममा बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले समन्वय समितिको सभा कक्षमा हुने कार्यक्रममा योजना पेश गर्ने जानकारी दिए । शुक्लाफाँटाका नगरपालिकाका प्रमुख टिकेन्द्रराज भट्ट र कृष्णपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टले नगर स्तरीय योजनाबारे जानकारी गराए ।

कार्यक्रममा प्रदेश सरकार मातहतका सबै कार्यालयका प्रमुख सहित जनप्रतिनिधि, सरोकारवाला सुहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...