सु्दूरपश्चिम सरकारका योजानमा प्रिपेड घुस, प्रदेश सभा सदस्य थापा भन्छन्– यस्ता योजनाले झनै विकृति फैलियो
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिह थापाले प्रिपेड घुस दिएर ल्याएका योजनाले विकृति ल्याएको बताएका छन् । उनले प्रदेश सरकार यस्तो विकृतिलाई रोक्न योजना तर्जुमा प्रक्रियादेखि सचेत हुनु पर्नेमा जोड दिए ।
‘अहिले योजना तर्जुमा गरि रहेका छौ, अहिले नै सिफारिश भएका योजना पर्छन कि पर्दैन त्यसमा चासो र चिन्ता दुबै छ’ झलारीमा आयोजित प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठीमा उनले भने,‘योजनामा विकृति तपाई हामी सबैले देखेका छौ, त्यो हुनु हुन्न, टुक्रे योजना हालेर पनि विकृति ल्याइएको छ , त्यस बाहेक प्रिपेड घुस दिएर आएका योजना छन्, त्यसले झन विकृति ल्याएको छ ।’
प्रदेश सभा सदस्य थापाले उपभोक्ता समितिले योजना निर्माणमा बदमासी मात्रै नभएर राम्रो पनि काम गरेको उल्लेख गर्दै निरुत्साहित नगरी अनुगमनलाई बलियो बनाउनु पर्ने उल्लेख गरे ।
राजनीतिक स्थिरतता नभएसम्म समृद्धि आउन नसक्ने उल्लेख गर्दै उनले अहिले गठबन्धन सरकार विकास र समृद्धिको एजेण्डा बोकेर अघि बढेको उल्लेख गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका अर्का सदस्य गीता चौधरीले अहिले आर्थिक मन्दीका कारण जीउ ज्यान जोगाउनु अप्ठेरो अवस्था आएको उल्लेख गर्दै शिक्षाका योजनालाई प्राथमिकता दिएर छनौट गर्नु पर्ने बताइन् ।