ghar sansar

तत्कालिन अर्थमन्त्री रावलले अन्धाधुन्ध बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि पोखियो, बेदकोटका मेयर भन्छन्– एक वडामा अन्य ९ वडाको भन्दा बढी बजेट हालियो

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सुदूरपश्चिम प्रदेश सरकारको अघिल्लो पटक आफ्नो नगरमा अन्धाधुन्ध बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले बेदकोटका एक वडामा अन्य बडाको भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै प्रदेश सरकारको योजना तर्जुमा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘यो योजना छान्ने प्रक्रिया चाहिँ एकदमै राम्रो छ, बजेट विनियोजन गर्दा पनि ध्यान पुग्छ कि पुग्दैन भन्ने हो,’ सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार झलारीमा आयोजना गरेको निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठीमा मेयर बोहराले भने,‘अघिल्लो पटक हाम्रो बेदकोट ८ मा जति बजेट आएको थियो, अन्य सबै ९ वडामा पनि त्यति बजेट थिएन, किनकी त्यो ८ नम्बर वडा तत्कालिन अर्थमन्त्रीज्यूको निर्वाचन क्षेत्रमा पथ्र्यो ।’

प्रदेश सरकारले बजेट विनियोजन गरेपछि समपुरकमा नगरपालिकाले पनि त्यहीं वडामा ५० प्रतिशत बजेट विनियोजन नगरी नहुने बाध्यता आएको उनले उल्लेख गरे ।

मेयर बोहराका अनुसार बेदकोट नगरपालिका ८ मा प्रदेश सरकारले १५ करोड बजेट विनियोजन गरेको छ । बेदकोट ८ का बाहेकका सबै अन्य ९ वडामा ३ करोडसम्म बजेट विनियोजन गरिएको छ ।

एमाले छाडेर एकीकृत समाजवादी भएका प्रदेश सभा सदस्य प्रकाश रावल गतले चालु आर्थिक वर्षको बजेट ल्याएका थिए । प्रदेश सभा सदस्य तत्कालिन आर्थिक मामिला मन्त्री रावलको प्रदेश निर्वाचन क्षेत्रमा बेदकोट ८ सहित भीमदत्तका १२ वडा छन् ।

बेदकोट नगरपालिकाको एउटा वडामा मात्रै धेरै बजेट विनियोजन भएपछि आफूले तत्कालिन अर्थमन्त्री रावललाई व्यक्तिगत रुपमा बजेट विनियोजन प्रक्रियामा असन्तुष्टि जनाएको मेयर बोहराले बताए ।

कार्यक्रममा मेयर बोहराले प्रदेश सरकारले अहिले योजना तर्जुमा गोष्ठी गरी राम्रो सुरुवात गरे पनि यसि पटक पनि फेरि पनि बजेट विनियोजनमा विगत दोहोरिने आशंका व्यक्त गरे ।

‘मैले भने पनि एउटै वडामा यसरी बजेट हाल्न ठिक भएन,’ उनले भने,‘अहिले पनि हुनेवाला यही छ, यसलाई एउटा प्रक्रियासम्मत लैजान खोजिएको यो चाहिँ राम्रो नै छ ।’

Himal dental
सम्बन्धित
Loading...