
महेन्द्रनगर । सुदूरपश्चिम नमूना बहुउद्देश्यीय सहकारी संस्था लि. बैतडाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको प्रमुख आतिथ्य साधारण सभा गरिएको छ ।
सहकारीका अध्यक्ष नरेन्द्र बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका वडा नं. ४ का नरेन्द्र बोहरा, कलाकार जे आर भट्ट, अमृत नाथ , दुर्गा भट्ट , डि आर भट्ट सहित जनप्रतिनिधि, शेयर सदस्य सहभागी भएका छन् ।
