ghar sansar

ट्रेड युनियन काँग्रेस कञ्चनपुरको ७ औँ जिल्ला अधिवेशन सुरु, अध्यक्षका लागि संस्थापनका तीन आकाँक्षी

khasi

महेन्द्रनगर । नेपाल ट्रेड युनियन काँग्रेस कञ्चनपुरको ७ औँ जिल्ला अधिवेशन सुरु भएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा शुक्रबार काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशीले अधिवेशन उद्घाटन गरेका छन् ।

dirghayi clinic

ट्रेड युनियन कञ्चनपुरका अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षता गरिएको कार्यक्रममा ट्रेड युनियन काँग्रसका उपमहासचिव सिताराम अवस्थी, काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीद्धय चिन्तामणी भट्ट,गोपाल भट्ट, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सभापती तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य तथा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरु, प्रदेश सभा सदस्य मधु भारती, नेपाली काँग्रेस कञ्चनपुर कार्यसमितिका उप सभापति मीन बहादुर सिंह, सचिव भीमराज भट्ट लगायतका सहभागी भएका छन् ।

अधिवेशनको बन्द सत्रबाट नयाँ समिति चयन गरिने छ । युनियनको जिल्ला अध्यक्षका लागि हरिश भट्ट, निर्मला जोशी र मालती पन्त आकाँक्षी देखिएका छन् । उनीहरु तीनै जना काँग्रेस संस्थापनका हुन् ।

Himal dental
सम्बन्धित
Loading...