चटयाङ लागेर भएका खैरभट्टीका तीन जनालाई भीमदत्तका उप मेयर जोशीले भेटिन, स्वास्थ्य अवस्थाबारे लिइन जानकारी
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले चटयाङ् लागेर घाइते भएका तीन जनालाई भेटेकी छन् ।
बिहीबार साँझ चट्याङ लागेर भीमदत्त नगरपालिका १८ खैरभट्टीका आशा कुवँर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते भएका थिए । उनीहरुको हात, खुट्टा, पिठ्युमा चोट लागेको छ ।
हाल घाइतेहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर घाइतेहरुलाई अस्पताल पुगेर भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, वडा नम्बर १८ का कार्य वाहक वडा अध्यक्ष हेम बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नगर उपप्रमुख जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी नगर्न डाक्टरहरुलाई आग्रह गरेकी छन् । कार्यवाहक वडाध्यक्ष बस्नेतका अनुसार चट्याङ लागेर खैरबट्टिका २ घरमा समेत क्षती पुगेको छ ।