महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ। दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सइ नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।
ड्युटीका क्रममा पोष्ट नजिकै राति साढे १० बजे ४्५ जनाको अज्ञात समूहले सइ चैंसिरमाथि खुकुरी प्रहार गरेको छ । ‘राति केटाहरु घुमिरहेका थिए, ड्युटीका क्रममा उनीहरुलाई यो राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर भागे,’ सुरक्षास्रोतले भन्यो, ‘रातभर उनीहरुको खोजी ग¥यौँ, तर फेला परेका छैनन् ।’
खुकुरी प्रहारबाट सइ चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।