Sarsoti

सशस्त्र प्रहरीका सईमाथि आक्रमणमा संलग्न दुई पक्राउ, मुख्य व्यक्ति अझै फरार

lotus institute

महेन्द्रनगर । प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेका छन् । गिरोहका मुख्य व्यक्ति भने पक्राउ परेका छैनन् । उनी भारततिर फरार भएको आशंका छ ।

Mahendranagar

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्चार्ज अर्जुनका साउँदका अनुसार जय बैच र विक्रम नेपाली पक्राउ परेका
छन् । त्यसमा संलग्न मोहन बैच फरार छन् । उनी आक्रमणको मुख्य व्यक्ति भएको प्रहरीको दावी छ । उनको खोजी कार्य चलिरहेको छ।

morning glory

खुकुरी प्रहार गर्ने बैच शुक्रबार दिनभरी इलाका प्रहरी कार्यालय दोधारामै थिए । युवाहरुबीच भएको झगडाबारे छलफलका लागि उनी इलाका प्रहरी कार्यालयमा आएको खुलेको छ। साँझ छलफल सकेर फर्केका थिए ।

saark school
सम्बन्धित
Loading...