ghar sansar

भीमदत्तको १७ नम्बर वडामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, अढाई सय वासिन्दा लाभावान्तित

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले वासिन्दाका लागि शनिबार कार्यालयमा शिविर आयोजना गरेको छ ।

शिविरबाट २ सय ५० जनालाई सेवा लिएका छन् । शिविरमा विशेषज्ञ चिकित्सक सहितले स्वास्थ्य जाँच गरेका छन् । शिविरमा स्वास्थ्य जाँच गरिएका वासिन्दालाई औषधि समेत वितरण गरिएको छ ।

भीमदत्त नगरपालिका १७ का अध्यक्ष पदम बुढाको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली प्रमुख अतिथि थिए । कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्थानीय सहभागी भएका छन् ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा. दिपिका श्रेष्ठ, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रशान्त भट्ट र जनरल फिजिसियन डा. ग्रिस अवस्थीले स्वास्थ्य जाँच गरे । शिविर विहानदेखि अपरान्हसम्म सञ्चालन गरिएको थियो ।

वडा अध्यक्ष बुढाले वडाका वासिन्दालाई घरदैलोमा स्वास्थ्य सेवा पुगाउन शिविर आयोजना गरिएको बताए । ‘वडाका वासिन्दालाई घरदैलोमा स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको छ’ उनले भने,‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौ ।’

 

Himal dental
सम्बन्धित
Loading...