ghar sansar

बैतडी विद्यार्थी समाज कञ्चनपुरको अध्यक्षमा साउँद चयन

little buddha academy
khasi

महेन्द्रनगर । बैतडी विद्यार्थी समाज कञ्चनपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। समाजसेवी मदन बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत राज कलौनीको प्रमुख अतिथि थिए ।

शनिवार सम्पन्न उक्त कार्यक्रममा जनज्योति क्याम्पसका प्राध्यापक बिरेन्द्र सिह साउद, पत्रकार, समाजसेवी लगायतको भव्य उपस्थिति रहेको कार्यक्रमका सञ्चालक रबिन्द्र सिह साउदले बताए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा प्रमुख अतिथि तथा बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत राज कलौनीले समितिलाई आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

भेलाबाट अध्यक्षमा रबिन्द्र सिह साउद, उपाध्यक्षमा आदर्श भण्डारी, सचिवमा दिनेश साउद, सह सह सचिवमा सन्तोष जोशी, कोषाध्यक्षमा निर्मला साउद तथा सदस्यमा सुरज सिह चाड, राम बहादुर चन्द, मनोज सिह बोहरा, सहदेव भट्ट, सृजना भट्ट, सुमित्रा साउद, नरेश भट्ट, हेमराज पन्त, सुवास लुहार, लक्ष्मण सिह मडै गरी १५ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

कार्यक्रममा संरक्षण समिति संयोजकमा बिरेन्द्र सिह साउद, सल्लाहकार समिति संयोजकमा नरेन्द्र कलौनी, सदस्यमा हेमराज अवस्थी, नरेश सिह खत्री, वासुदेव भट्ट तथा विधान समिति संयोजकमा नरेन्द्र प्रसाद जोशी, सदस्यमा जय बहादुर महरा, बिरेन्द्र साउद, रोशन भट्ट र दिनेश राज भट्ट लगायतको समिति गठन गरिएको उक्त समितिका संरक्षण समिति संयोजक बिरेन्द्र सिह साउदले बताए ।

Himal dental
सम्बन्धित
Loading...