ghar sansar

दिवा खाजा खाएर विद्यार्थी विरामी भएको घटना छानबिनको माग गर्दै सत्यवादीका अभिभावकले विद्यालयमा धर्ना दिने

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयमा दिवा खाजा खाएर विद्यार्थी विरामी भएको घट्ना छानबिनको माग गर्दै अभिभावकले विद्यालयमा धर्ना दिने भएका छन् । मंगलबार उनीहरुले भीमदत्त नगरपालिकाको शिक्षा शाखा र सामाजिक विकास कार्यालयलाई जानकारी दिएर छानबिनको माग गरि सकेका छन् ।

विद्यालयका अभिभावक राजु सिह खड्काले बुधबार भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीसित घट्ना सम्बन्धि छलफलपछि धर्ना बस्ने जानकारी दिएका छन् ।

,orning glory badhai

‘अहिले यो घट्ना सम्बन्धि मैले वडा अध्यक्षज्यूलाई जानकारी गराए, त्यो चाना कहाँबाट किनिएको थियो, त्यसको डेट एक्सपायर थियो कि थिएन, यति छानबिन गरी अभिभावकलाई सत्य तथ्य जानकारीका लागि आग्रह गरे’ वडा अध्यक्ष अवस्थीसित कुराकानीका क्रममा उनले भने,‘विद्यालयमा पनि भेट गर्छु, अनि अभिभावक सहित भोलिदेखि धर्ना बस्छु ।’

स्थानीय खड्का दुई नाति नातिना विद्यालयमा अध्ययनरत छन् । सोमबार विद्यालयमा दिवा खाजामा खुवाएको चाना खाएपछि विद्यार्थीहरु विरामी भएका थिए ।

खड्का सहितका अभिभावकहरुले दिवा खाजामा खुवाएको चना सडेको हुन सक्ने भन्दै छानबिनका लागि माग गरेका छन् ।

dirghayi clinic

वडा कार्यालयमा खड्कासितको कुराकानीमा अध्यक्ष अवस्थीले विद्यार्थी विरामी हुनु राम्रो नभएको बताए । ‘यो राम्रो होइन्, के भएको रहेछ, वडा कार्यालय पनि बुझ्छ’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयका प्रतिनिधि पदेन सदस्य हुने प्रावधान छ । वडा कार्यालयलल व्यवस्थापन समितिको हैसितयमा पनि घट्नालाई गम्भीर रुपमा लिनु पर्ने स्थानीय खड्काले बताए ।

खड्काले आफना नाति नातिना विरामी भएपछि गाउँ वस्तीमा खोज्दा अरु पनि भेटिएको बताए ।

भीमदत्त नगरपालिकाको युवा तथा शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले खाजा खाएपछि विद्यार्थी विरामी भएको जानकारी आएपछि प्रधानाध्यापकलाई सम्पर्क गरी जानकारी लिइएको बताए ।

‘विद्यार्थी विरामी भएको जानकारी आएको थियो, मैले तत्काल प्रधानाध्यापकलाई फोन गरी जानकारी लिए, त्यस क्रममा वहाँले गल्ती भयो भन्नु भएको छ’ उनले भने,‘अबदेखि यस्ता कमजोरी दोहोरिन्न भनेको छ ।’

विद्यालयका प्रधानाध्यापक साउँदले भने विद्यार्थी विरामी परेको विषयमा जानकारी लिन खोज्दा जसले सूचना दिएको त्यसैलाई सोध्नु भनेर जवाफ दिए ।

पत्रकार चन्द्रकान्त भट्टले उनलाई यस विषयमा जानकारीका लागि फोन गरेका थिए । उनले सामाजिक विकास कार्यालयका प्रमुख धर्मराज जोशीसंग घट्ना सम्बन्धि छलफल भई रहेका बेला प्रधानाध्यापक साउँदलाई मोबाइलमा सम्पर्क गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...