महेन्द्रनगर । एमालेका युवा नेता प्रशान्त भट्टले गृहमन्त्री नारायणकाजी श्रेष्ठले थालेको नक्कली भुटानी शरणार्थी छानबिन गरी कार्य राष्ट्रिय हितमा भएको भन्दै प्रशंसा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री श्रेष्ठमाथि आंशका पनि व्यक्त गरेका छन् । उनले गृहमन्त्रीको कदम राजनीतिक प्रतिशोध वा जिम्मेवारी वहन जे भए पनि राष्ट्रिय हितमा भएको उल्लेख गरेका छन् ।
सरकारले नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रिया सुरु गरेपछि एमालेका सचिव पूर्व मन्त्री टोप बहादुर रायमाझी सहितका नेता मुछिएका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार छन् ।