ghar sansar

कृष्णपुरको शिक्षक दरबन्दी मिलान नमान्ने शिक्षक संगठनको चेतावनी, कार्य विधि अनुसार दरबन्दी मिलान हुनु पर्ने माग

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा हालै मात्र गरिएको शिक्षक दरबन्दी मिलानमा नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले आपत्ति जनाएको छ । संगठनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै दरबन्दी मिलान कार्यविधि २०७७ लाई लत्याउँदै गरिएको मिलान आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिएको छ ।

‘दरबन्दी मिलान कार्यविधि २०७७ मा उल्लेखित प्रावधान अनुसार विद्यार्थी संख्याको अनुपातमा शिक्षकको व्यवस्थापन गरिनुपर्ने,कार्यविधिले स्पष्ट रुपमा उल्लेख गरेको स्वीकृत दरबन्दी कुनै पनि प्रकृतिको शिक्षक साटासाट नहुने प्रावधान विपरित नगर अनुदानमा राखिएका शिक्षकहरुसंग स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरुको साटासाट अविलम्ब फिर्ता हुनुपर्ने,दरबन्दी मिलानका नाममा शिक्षकहरुलाई दिइएको सरुवा÷पदस्थापन÷कामकाज के हो ? स्पष्ट हुनपर्ने छ, संगठनका अध्यक्ष वेद प्रसाद उपाध्यायद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, दरबन्दी मिलान कार्यविधिमा उल्लेख हुँदाहुँदै अपाङ्ग,महिलालाई सकेसम्म पायक राख्नुपर्ने प्रावधान विपरित आस्थाका भरमा अपायक सारिएको सच्याउनुपर्ने,मर्जिङ्ग हुने विद्यालय तथा सो विद्यालयका व्यवस्थापन समितिको सहमति विना एकलौटी ढङ्गले गरिएको सामुदायिक विद्यालयको मर्जिङ्ग तथा डाउन साइजिङ्ग बदर हुनुपर्ने छ ।’

Anant bahu travels
dirghayi clinic

त्यस्तै कुनै विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको संख्या बढी भएको तर कम शिक्षक भएको विद्यालयमा बढी संख्या भएकोबाट मिलान गर्नुको सट्टा नातावाद,कृपावादको आधारमा विद्यालयमा नगर अनुदान विद्यालय बाँड्दै आफु निकटका व्यक्तिहरुको भक्ति केन्द्र बन्द गरिनुपर्ने माग नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले गरेको छ ।

उल्लेखित विषयवस्तुहरु यथाशिघ्र परिमार्जन नभए आन्दोलनमा उत्रिने संगठनले चेतावनी समेत दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...