ghar sansar

भीमदत्तका मेयरले वर्ष दिन लगाएर शिक्षा समितिलाई दिए पूर्णता

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा नगर शिक्षा समितिलाई पूर्णता दिएको छ । लामो समयदेखि समितिमा रिक्त ९ सदस्य मनोनित गरी पूर्ति गरिएको छ ।

भीमदत्त नगरपालिकाकाको नगर शिक्षा समितिका अध्यक्ष मेयर पदम बोगटीले समितिलाई पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । उनी गत वर्ष वैशख ३० गतेको स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएका थिए ।

lotus institite
daimond public

स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वर्ष दिन पुगेपछि उनले शिक्षा समितिलाई पूर्णता दिएका हुन् । समितिमा प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र कार्यपालिका सदस्यबाट पूर्ति गर्नु पर्ने सदस्यका कारण मेयर बोगटी समस्यामा थिए ।

भीमदत्त नगरपालिकाका अनुसार नगर शिक्षा समितिमा प्रधानाध्यापकबाट डबल बहादुर विष्ट र निलम आले मनोनित भएका छन् । शिक्षकबाट निर्मला जोशी, जगत बहादुर चन्द र रमा पन्त सदस्य भएका छन् । समितिमा सुशील कुमार भट्ट र अन्जली बोहरा कार्यपालिका सदस्यबाट मनोनित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिबाट जगदीश विष्ट र रमेश दयाल सदस्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...