ghar sansar

यात्रु नपाएर बैतडीको पाटन विमानस्थल बन्द, टिकटक स्थल बन्दै

महेन्द्रनगर । बैतडीको पाटन विमानस्थल बन्द भएपछि अहिले टिकटक बनाउने स्थानका रुपमा चिनिन थालेको छ । २०३५ देखि सुरु भएर लामो समय सशस्त्र द्वन्द्वका कारण बन्द भएको थियो । सात वर्ष अघि विमानस्थल पुनः निर्माण गरिएपछि सञ्चालनमा आएको थियो ।

यात्रु अभाव भएको भन्दै २०७८ चैतदेखि उडान बन्द भएपछि अहिले धावन मार्ग गाडी सिक्ने,खेल्ने तथा टिकटक बनाउने स्थलका रुपमा परिणत भएको स्थानिय घनश्याम सागर पन्तले बताए ।

lotus institite

२०३५ देखि २०५२ सम्म धावन मार्ग कच्ची भएपनि हप्ताको दुई चोटि नियमित उडान हुने गरेको र अहिले हवाई सेवा पुर्णरुपमा बन्द हँुदा नागरिक समस्यामा परेका स्थानिय भानदेव भट्टले बताए ।

daimond public

२०३२ देखि निमार्ण सुरु भएको पाटन विमानस्थल २०३५ देखि सञ्चालनमा आएको थियो । २०५२ देखि हवाई सेवा बन्द भएको विमानस्थल २०५८ मा सशस्त्र द्वन्द्वको वेला तत्कालीक विद्रोही माओवादीले बम हानेर कार्यालय सँगै टावर ध्वस्त बनाएको थियो ।

२०७३ मा ११ करोडको लागतमा विमानस्थलको धावन मार्ग,टावर र कार्यालय लगायतको संरचना पुननिर्माणको सम्झौता भएको थियो ।

२०७७ असोजदेखि पाटन विमानस्थल आङ्शिक रुपमा फेरि सञ्चालनमा आएको थियो । करिब डेढ बर्ष सम्म निजि एयरलाइन्सको समिट एयरलाइन्सले साप्ताहिक रुपमा उडान भरेको थियो ।

४ करोड ९७ लाख रुपयाको लगतमा अहिले टर्मिनल भवन पनि बनिसकेको छ ।

Himal dental
सम्बन्धित
Loading...