ghar sansar

दोधारा चाँदनीको मालिका आधारभूत विद्यालयले मनायो २७ औं वार्षिकोत्सव

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ स्थित मालिका आधारभूत विद्यालयले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका कार्य वाहक मेयर गंगा जोशी, वडा नंं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार लगायतका जनप्रतिनिधि, अभिभावक, स्थानीय सहभागी भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर सिहले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यालयले सबै क्षेत्रबाट सहयोग पाएको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता पाउने आशा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रानाले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

Himal dental
सम्बन्धित
Loading...