ghar sansar

माओवादीका प्रदेश साँसद भाट भन्छन्– भ्रष्टाचार छानबिनमा होइन, सरकार कमजोर बनाउनमा रास्वपाको भूमिका छ

महेन्द्रनगर । सत्तारुढ माओवादी केन्द्रका नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ ले भुटानी शरणार्थी छानबिन प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भुमिका छ भनेर प्रचार गर्नु हास्यास्पद भएको बताएका छन् । बरु सकारलाई कमजोर पार्नमा रास्वापाको भुमिका भएको उनले टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘सरकारले नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रिया अगाडी बढाएर दोषीहरुलाई पक्राउ गरिरहेको समयमा सरकारबाट समर्थन फिर्ता लिने रास्वपाले यो छानबिनमा उसको भुमिका छ भन्नु हास्यास्पद छ ।’

उनले लेखेका छन् ‘पक्कै पनि सरकारलाई कमजोर पार्नमा रास्वपाको भुमिका छ, छानबिनमा सहयोग पु¥याउन होइन ।’

Himal dental
सम्बन्धित
Loading...