ghar sansar

मेलौली ९ का वडा अध्यक्ष भट्टको एक वर्षे कार्यकाल, भन्छन्– जनताले चाहेन जति गर्न सकेन, पाँच वर्षसम्म जनताको विश्वास गुम्न दिदैँन

little buddha academy
khasi

मेलौली (बैतडी ) । मेलौली नगरपालिका ९ का वडा अध्यक्ष लोकराज भट्टले आफ्नो एक बर्ष को कार्यकालमा गरेका काम सार्वजनिक गरेका छन् । २०७९ बैशाख ३० गते आफूलाई बिश्वास गरी मतदान गरेका जनताको चाहना अनुसार वडाको विकासका लागि आफूले विभिन्न कार्य थालनी गरेको उनी बताउँछन् ।

जनताले सोचेको जति काम एकै बर्ष मा गर्नु नसकेको भएपनि , आफ्नो कार्यकाल मा कुनै पनि नागरिकले गरेको विश्वासलाई गुम्न नदिने बताए । नयाँ ठाँउको अवलोकन गरी केही सिक्न दिल्ली हरिद्वार मथुराको यात्राले भाइरल बनाएको भए पनि जनतासँग सहकार्य गर्न पाएकोमा आफूलाई मिलेको उनको भनाई छ ।

,orning glory badhai
dirghayi clinic

एक वर्षे कार्यकालका उपलब्धि

(१) वडा भरि एक घर एक धारा खानेपानीको टेण्डर
(२) ४८ घर एक विध्यालय मा उज्यालो बालि, वडा भरि विद्युतीकरण सुरुवात गर्न सकियो । वडा वाट सुरु गरेको अभियान नगर भरिको उज्यालो अभियान बनाउन सकियो ।
(३) कक्षा १० र १२ को परीक्षा केन्द्र र पूरक परीक्षा केन्द्र विद्यार्थीको पायक पार्न पहल
(४) दशैका बेला भलिवल खेलका माध्यमले सबै गाउँले बिचमा शुभकामना आदान प्रदान
(५) नगरभरि परीक्षामा एकरुपता ल्याउन सकियो । शैक्षिक वर्ष २०८० मा विध्यालय संचालनमा एकरुपता हुने तयारि का लागि शैक्षिक क्यालेन्डर तयार गर्न सकियो ।
(६) शिव केदार धाम धार्मिक पद मार्ग निर्माण सुरुवात
(७) वडाका सबै विद्यालयमा कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यम सञ्चालन गरी सबै विद्यालयमा सिसिटिभि क्यामेरा र ई हाजिर सम्झौता
(८) केदार मन्दिर परिसर घेरबार
(९) वडाका सडक स्तरोन्नति थालनी
(१०) १०. शिव मन्दिर र तल्लागाउ वस्तिको खानेपानी व्यबस्थित गर्ने काम सुरु
(११) ओखलकोट शिव गुफा पर्यटकीय पदमार्ग र रिचार्ज पोखरी निर्माण कार्य सुरु
(१२) सामुदायिक भुमि व्यवस्थापन अभ्यास सुरुवात
(१३) वडा का ४ बस्तिमा जिमरा, खोलि ,तल्लागाउ, कलमटा, सिँचाइ पोखरी निर्माण कार्य सम्पन्न
(१४) वडाका पुराना भुक्तानी गरी फरफारक
(१५) सहकारी सहुलियत मूल्य पसल खोल्ने प्रक्रिया सुरु
(१६) सामुदायिक सिकाई केन्द्र व्यवस्थित वनाई सञ्चालन, स्वास्थ्य स्वयं सेविका मार्फत वडामा स्वयं सेविका कोष स्थापना गरी आमा समूह र सिकाई केन्द्र मार्फत सबै समूहको व्यवस्थापन सुरुवात
(१७) विशालपुर महिला बाख्रा पालन सिकाई समूह, विश्राम भट्ट स्मृति प्रतिष्ठान र सामुदायिक वन उपभोक्ता समूह मार्फत बाख्रा पैंचो कार्यक्रम सुरुवात
(१९) मेल्धट काकडी कोल्तडीमा सिँचाई हुने कुलो मर्मत र न्वाला डाँडाको न्वालो मुल मर्मत सुरु
(२०) वडामा गाई गोरु उपचार व्यवस्था

जनप्रतिनिधि भएको पहिलो बर्षमा आफुले जनता धेरै मनोकाँक्षा समेट्न नसके पनि आगामी दिनमा जनताको साथमा रहेर अघि बढ्ने उनी बताउँछन् ।

वडा अध्यक्ष भट्टले आफूलाई सहयोग गर्ने सबै वडा वासिन्दा, राजनीतिक दल, कर्मचारी, नगर प्रमुख उप प्रमुख लगायत जनप्रतिनिधि, कार्यपालिकाका सदस्य लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् । उनले वडाको विकासका लागि सबैमा हातोमालोका लागि अनुरोध पनि गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...