ghar sansar

शिक्षामा विद्यार्थी राजनीतिको विकृत रुप : भर्ना हुँदा चुपचाप, पढ्न थालेपछि आन्दोलन

khasi

महेन्द्रनगर । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिनापछि राजनीतिक दल आवद्ध विद्यार्थी संगठनले विद्यार्थी भर्ना सम्बन्धि मौनता तोडेका छन् । विद्यालयहरुले विद्यार्थी भर्ना गरी पठनपाठन सुरु गरेको झण्डै एक महिनापछि विद्यार्थी संगठनले पत्रकार सम्मेलन गरी चालु शैक्षिक सत्र २०८०मा विद्यार्थी भर्नाका नाममा अवैध शुल्क लिइएकोमा आपत्ति जनाएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले सोमबार संयुक्त पत्रकार गरी आपत्ति जनाएका छन् । विप्लवको क्रान्तिकारी बाहेक सबै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संगठन हुन् ।

Anant bahu travels

पत्रकार सम्मेलनमा विद्यार्थी नेता सामुदायिक विद्यालयप्रति आक्रोशित देखिएका छन् । उनीहरुले विद्यार्थीबाट अवैध भर्ना शुल्क अशुल गरिएको भन्दै आक्रोश पोखेका छन् ।

पत्रकार सम्मेलनमा संगठनले अवैध शुल्क अशुली रोक्न, पाठ्यपुस्तक परिर्वतन नगर्न, दिवा खाजामा भईरहेको अनियमिता रोक्नु पर्ने लगायतका माग अघि सारेर ७ दिने अल्टिमेटम दिने र सो सो अवधिमा विद्यार्थी अभिभावकबाट थप गुनासो आएमा ८ जेठ संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

dirghayi clinic

काँग्रेस निकट नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष रमेश चटौतले विद्यार्थीबाट अनेकन बहानामा शुल्क अशुल्ने काम निन्दनिय भएको बताए । ‘हामीले खबरदारी गर्दा गर्दै पनि बोडिङ्गले चर्को शुल्क र सामुदायिक विद्यालयले अनेकन बहानामा शुल्क अशुलिरहेका छन ।’ अध्यक्ष चटौतले किताबदेखि दिवा खाजामा भईरहेको अनियमिताले शिक्षा क्षेत्रमा विकृति मौलाएको बताए ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्टले शिक्षामा देखिएको बेथिति रोक्नका लागि संयुक्त विद्यार्थीले दुई महिना पहिल्यै सरोकारवालाई समेत गराएपनि समस्या झन विकराल बन्दै गएको बताए ।

‘हामीले त यस अघि नै शुल्क, पाठ्यपुस्तक, दिवा खाजाको विषयमा शिक्षासंग सरोकार राख्ने निकायको संयुक्त प्रेस नोट मार्फत ध्यानाकर्षण गराईसकेका थिए, ‘उनले भने, ‘संघीय सरकारले हाम्रो शैक्षिक एजेण्डामा ध्यान दियो, पालिका र विद्यालयले ध्यान दिएन ।’

एकीकृत समाजवादी निकट अनेरास्ववियु जिल्ला संयोजक प्रज्वल कुँवरले निजी विद्यालयले मनपरी ढङगबाट ५देखि २०प्रतिशतसम्म शुल्क बृद्धि गरेर अभिभावकमाथि आर्थिक भार थमाईरहेको बताए ।

‘गत बर्ष भन्दा यस बर्ष निजी विद्यालय शुल्क बृद्धि गर्न केन्द्रीत रहेको छ, ‘उनले भने, ‘निजी मात्रै होईन सामुदायिक विद्यालयमा समेत शुल्कका नाममा बेथिति नैछ, अनेकन शिर्षक राखेर रकम अशुली रोकिएको छैन ।’

विभिन्न बहानामा विद्यार्थीबाट शुल्क अशुल्ने गरेको र निजी विद्यालयले आफु खुसी शुल्क निर्धारण गरी विद्यार्थीलाई मारमा पार्दै आएको विप्लव निकट क्रान्तिकारीका अनिल घरेडीले बताए । विप्लव निकट क्रान्तिकारीले महेन्द्रनगर माध्यमिक विद्यालयमा केही दिन अघि तालाबन्दी गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...