ghar sansar

अन्डरवेयरभित्र लुकाएर लागु औषध ल्याउँदै गरेका दुई युवा बाँसखेडाबाट पक्राउ, प्रहरी हिरासमा राखेर अनुसन्धान सुरु

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१७ बासखेडाबाट लागू औषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले ६३ एम्पुल रेक्सोजेसिस सहित भीनपा ४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नं. १८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरिएको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले मझगाउँ प्रहरी बीटका हवल्दार धनबहादुर पालीको कमाण्डमा खटिएको टोलीले ऐरीबाट साइकलमा नहरको बाटो हुँदै वनगाउँतर्फ गइरहेका दुबै जना माथि शंका लागेर शरीर जाँच गर्दा लागूऔषध फेला पारेको बताए ।

राईले उक्त लागूऔषध कालो पोलिथिनमा हालेर अन्डरवेयरभित्र लुकाइराखेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध सीमा पारिबाट ल्याइएको आशंका गरिएको छ । ठूलो परिणाम भएकाले बिक्री, वितरणको उद्देश्यले ल्याइएको हुनसक्ने तर अनुसन्धान जारी रहेको डिएसपी डाँगीले बताए ।

Himal dental
सम्बन्धित
Loading...