महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा आफूलाई अचम्म लागेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरले यस्तो बताएका हुन् ।
उनले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नसकिने बताउँदै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो भएको बताए ।
‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौधौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो,’ उनले भनेका छन्, ’मेडिकल विश्वविद्यालय खोल्ने ? वडा अचम्म छ ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिले सामथ्र्य छ ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नु पर्छ ।’