ghar sansar

चार विद्यार्थी संगठन : पत्रकार सम्मेलनमा कडा, प्रशासनलाई ज्ञापन बुझाउँदा नरम

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा सोमबार गरिएको पत्रकार सम्मेलनमा चार विद्यार्थी संगठनले अवैध शुल्क अशुली रोक्न, पाठ्यपुस्तक परिर्वतन नगर्न, दिवा खाजामा भईरहेको अनियमिता रोक्नु पर्ने लगायतका माग अघि राखेर ७ दिने अल्टिमेटम दिने र सो सो अवधिमा विद्यार्थी अभिभावकबाट थप गुनासो आएमा ८ जेठ गते संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलनको एक दिनपछि चार विद्यार्थी संगठनले मंगलबार अवैध शुल्की अशुली रोकिनु पर्ने, सार्वजनिक यायातालाई विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गरिनु पर्ने र अवैध रुपमा सञ्चालित टयुसन सेन्टर, कोचिङ्ग सेन्टर लगायतका बन्द गरिनु पर्ने सहितका तीन बुँदे माग अघि सारे प्रशासन कार्यालयमा ज्ञापन बुझाएका छन् ।

ratnam malkhad

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई बुझाएको ज्ञापन पत्रमा माग पूरा नभए आन्दोलन संयुक्त विद्यार्थी संगठन आन्दोलित हुने व्यहोरा जानकारी गराइन्छ भन्ने उल्लेख गरिएको छ ।

सोमबार पत्रकार सम्मेलनमा सात दिने अल्टिमेटम दिने र जेठ ८ गतेदेखि आन्दोलनमा जाने चार विद्यार्थी संगठनको घोषणा दोस्रो दिनदेखि हराएको छ । प्रशासन कार्यालयलाई ज्ञापन बुझाउँदासम्म विद्यार्थी संगठनले आन्दोलनबारे जानकारी मात्रै गराएका छन् ।

सत्ता गठबन्धन आवद्ध तीन दलका विद्यार्थी संगठनले विप्लव नेतृत्वको नेकपाको अखिल क्रान्तिकारीलाई साथमा लिएर आन्दोलनमा उत्रिएका छन् । विप्लव नेतृत्वको क्रान्तितकारी बाहेक अन्य संगठन सत्ता गठबन्धनमा आवद्ध छन् । काँग्रेसको नेपाल विद्यार्थी, माओवादी केन्द्र र एकीकृत समाजको अखिल क्रान्तिकारी शैक्षिक विकृति विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

सत्ता गठबन्धन दल आवद्ध विद्यार्थी संगठनको आन्दोलनमा एमालेको अखिल, जनमोर्चाको अखिल छैठौ, बहुमतको अखिल क्रान्तिकारी लगायतका संगठन बाहिर राखिएका छन् । सत्ता गठबन्धन आवद्ध दलका विद्यार्थी संगठनले केही दिन अघि संस्थागत विद्यालय गएर शुल्क लगायतका विषयमा जानकारी लिएपछि सोमबार आन्दोलनको घोषणा गरिएको थियो ।

सोमबार चार विद्यार्थी संगठनले उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरी आन्दोलन जाने घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा घोषित कार्यक्रम अनुसार विद्यार्थी संगठनले मंगलबार प्रशासन कार्यालयलाई संयुक्त रुपमा ज्ञापन बुझाएका छन् ।

ज्ञापन पत्रमा संस्थागत विद्यालयले आफू अनुकुल शुल्क अशुली गरेको, पाठ्यपुस्तक परिर्वतन गर्ने, सरकारले निर्धाण गरेको पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पुस्तक लागु नगर्ने लगायततका आरोप लगाएका छन् ।

विद्यार्थी संगठनले यातायात व्यवसायीलाई सार्वजनिक सवारीमा विद्यार्थीलाई दिने ४५प्रतिशत छुट भाडा कार्यान्वयन गर्न पनि माग गरेका छन् । अवैधानिक कोचिङ्ग सेन्टर, ट्युसन सेन्टर रहेको भन्दै बन्द गर्न पर्ने संगठनको माग छ ।

विद्यार्थी संगठनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन बुझाए । उनले ज्ञापन पत्रबारे सम्बन्धित निकायमा बुझ्m्ने बताए ।

नेवि संघ सभापति रमेश चटौत, अखिल क्रान्तिकारी संयोजक भुवन सिह विष्ट, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर र विप्लव क्रान्तिकारी संयोजक अनिल बहादुर घरडीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...