ghar sansar

भीनपा १७ मा वडा अध्यक्षले आफ्नो सेवा सुविधा खर्चे मर्मत गरेपछि एम्बुलेन्स सेवा सुरु, वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ का अध्यक्ष पदम बुढाले आफनो सेवा सुविधा खर्चेर मर्मत गरेको नेपाल रेडक्रस सोसाइटी महाकाली उप शाखाको एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । वडा मर्मतपछि वडा कार्यालयमा राखिएका एम्बलेन्सलाई मंगलबारदेखि सुरु गरिएको छ ।

वडा अध्यक्ष बुढाले भीनपा १७ सहित छिमेकी वडाका वासिन्दालाई समेत सेवा दिने गरी एम्बलेन्स सेवा सञ्चालन गरिएको बताए । दुई वर्र्षदेखि थन्किएको एम्बुलेन्सलाई गत महिना मर्मत सम्भार गरी कार्यालयमा ल्याइएको थियो ।

dirghayi clinic

‘रेडक्रसमा एम्बुलेन्स बिग्रिएर थन्किएको थियो, एक वर्षको पारिश्रमिक खर्चेर एम्बुलेन्स मर्मत गरे,’ उनले भने, ‘अहिले सञ्चालनमा ल्याएका छौ ।’ काँग्रेसका वडा सभापति उनी गत वर्ष बैशाखमा स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । एम्बुलेन्सले वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिने उनले बताए ।

रेडक्रस र वडा कार्यालयकाबीच म १ ख २८८ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि पाँच वर्षको सम्झौता भएको छ । एक वर्षको पारिश्रमिकमध्येको दुई लाख ५० हजार भन्दा बढी रकम एम्बुलेन्स मर्मतमा खर्च भएको छ ।

एम्बुलेन्स सञ्चालनमा आएपछि भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३, १४, १६ र १७ का स्थानीय लाभान्वित हुनेछन्। “मेरो पारिश्रमिकबाट एम्बुलेन्सको शुल्क तिर्छौ, जेष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँछौँ”, उनले भने, “अन्यको हकमा रेडक्रसले निर्धारण गरेको शुल्क तिर्नु पर्छ।”

 

Himal dental
सम्बन्धित
Loading...