ghar sansar

सर्वोच्चको फैसलाले अत्तालियो उन्मुक्ति, प्रवक्ता भन्छन्– सरकारमा बसि रहनको औचित्य रहेन

महेन्द्रनगर । सर्वोच्च अदालतको फैसलापछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा बसिरहनु पर्ने औचित्य समाप्त भएको बताइएको छ । पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि प्रदेश तथा संघीय सरकारमा बसिरहनुको औचित्य नभएको बताएको हो ।

daimond public

नाउपाका प्रवक्ता दामोदर पण्डितले भने, ‘हामीले सामाजिक न्याय र विकासको लागि चुनावबाट अनुमोदित भएर आएका हौ । जनताले त्यसै म्याडेड दिएर हामीलाई पठाएका हुन् । तर न्याय नपाएपछिको अवस्था के रहन्छ ? अब कुनै पनि सरकारमा बस्नुको कुनै आधार छैन । औचित्य छैन ।’

lotus institite

त्यस्तै, नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले उत्पीडित समुदायको लागि आजको दिन कालो दिन रहेको प्रतिक्रिया दिएका छन् । स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नाउपाले रेशम सहितका राजबन्दी रिहा गराउने प्रमुख चुनावी एजेण्डा बनाएको थियो ।

हाल रेशम पत्नी समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम सरकारमा पनि नाउपाको सहभागिता तथा समर्थन रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...