
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ स्थित सुकासालमा प्रहरी र क्यारेरिङ्गकर्ताबीच विवाद भएपछि लफडा मच्चिएको छ । प्रहरीले समान जाँच गर्दा विवाद हुँदा कुटपिट गरिएपछि विवाद बढेर स्थिति तनावग्रस्त बनेको छ । झडपमा दुबैतिरका केही घाइते भएका छन् ।
कुटपिटपछि उनीहरु प्रहरी विरुद्ध नाराबाजी गर्न थालेपछि झडप भएको छ । क्यारेरिङ्गकर्ताले सुकासालस्थित प्रहरी बिटमा तोडफोड गरेका छन् ।

भारतीय सीमावर्ती सहर वनबासाबाट समान केयरिङ्ग गरी जीविका चलाउँदै आएका उनीहरुले प्रहरीले जाँचका नाममा अनावश्यक दुःख दिएको भन्दै आक्रोशित भएका छन् । प्रहरीको सुकासाल विटले अनावश्यक दुःख दिएको उनीहरुको भनाई छ ।
