प्रहरी र केयरिङ्गकर्ताबीच झडपको भिडियो खिचि रहेकी पत्रकार कुँबरलाई कुटपिट गर्दै पक्राउ

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारेरिङ्गकर्ताबीच झपडको भिडियो खिचि रहेकी पत्रकार ऐश्वर्या कुँबरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनु शाही नेतृत्वको प्रहरी टोलीले कुँबरलाई कुटपिट गर्दै पक्राउ गरिएको हो ।

Mahendranagar

आभाष कुञ्ज दैनिक र सगरमाथा टेलिभिजन आवद्ध पत्रकार कुँबरको प्रहरी कुटपिटबाट घाइते समेत भएकी छन् । प्रहरीले केही समय अघि कुँबरलाई महाकाली प्रादेशिक अस्पताल लगेर मेडिकल जाँच गरी प्रहरी कार्यालय ल्याएको छ ।

morning glory

पत्रकार कुँबरले भिडियो खिच्ने क्रममा पत्रकार दलाल हुन्छन् भन्दै उनीमाथि कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताए । ‘यहाँ झडप भई रहेको थियो, त्यही बेला भिडियो खिच्ने बेलामा पत्रकार पनि कहाँ राम्रो हुन्छन्, दलाल हुन्छन् भन्दै कुटपिट गरियो, त्यसपछि पक्राउ गरी ल्याइएको हो’ एक प्रत्यक्षदर्शीले भने ।

प्रहरीसित समान जाँच गर्ने क्रममा विवाद भएर एक जनामाथि कुटपिट भएपछि केयरिङ्गकर्तासित झडप भएको हो । झडमा प्रहरी र केयरिङ्गकर्ता दुबै घाइते भएका छन् ।

saark school
सम्बन्धित
Loading...