
प्रहरीले पत्रकार पक्राउ गरेपछि कञ्चनपुरका प्रहरी प्रमुख थापालाई फिर्ता बोलाउन पत्रकार महासंघको माग, फिर्ता नगरिए थापा सहभागी कार्यक्रम बहिस्कार गर्ने चेतावनी
महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरले प्रहरी उपरीक्षक कमल थापालाई फिर्ता बोलाउन माग गरेको छ । पत्रकार महासंघ कार्यालयमा मंगलबार राति सुकासालबाट दुई पत्रकार पक्राउ गरेको घट्ना सम्बन्धि छलफलका लागि गरिएको बसेको बैठकबाट उनी सहभागी कार्यक्रम बहिस्कार गर्ने चेतावनी सहित पाँच दिनभित्र फिर्ताका लागि माग गर्ने निर्णय गरेको हो । महासंघले बैठकबाट सुकासाल घट्नाको नेतृत्व गर्ने प्रहरी निरीक्षक सहितलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेको छ ।
मंगलबार साँझ सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताविच भएको झडपको समाचार संकलन गर्ने क्रममा प्रहरी निरीक्षक विनु शाही नेतृत्व र सीताराम विष्ट नेतृत्वको प्रहरी टोलीले पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कँुवरलाई दुव्र्यवहार गर्दै पक्राउ गरेको थियो । पक्राउ गरिएका दुबै मंगलबार साँझ नै छाडिएको थियो ।
महासंघ बैठकले समाचार संकलन गर्ने क्रममा पत्रकारद्वय नाथ र कुँवरमाथि धरकपट, प्रेस अभिव्यक्ति स्वतन्त्रताको हनन, मानव अधिकारको उलङघन गर्ने जस्ता गतिबिधी गर्दै पत्रकारलाई घटनास्थलबाट पक्राउ गर्ने कार्य निन्दनीय भएको महासंघले ठहर गरेको छ ।
प्रहरी उपरीक्षक थापा आएपछि जिल्लामा पटक पटक पत्रकारमाथि दुव्र्यवहारका घटना भईरहेको भन्दै थापा लगायत पत्रकार नाथलाई पक्राउ गर्ने प्रहरी निरीक्षकद्वय विष्ट र अर्की पत्रकार कुँवरलाई पक्राउ गर्ने प्रहरी निरीक्षक बिनु शाही र सीतारा विष्टलाई समेत कार्बाहीको माग अघि सारेको छ ।
पत्रकारद्वय नाथ र कुँवरमाथि भएको घटना बारे बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई डेलिगेशन दिदै जिल्लाका पत्रकारको सुरक्षाका लागि माग गर्ने निर्णय गरिएको छ ।
पत्रकार महासंघले एसपी थापालाई जिल्लाबाट फिर्ता बोलाउने उक्त निर्णय ५ दिनभित्र कार्यान्वयन नगरे एपसी थापा उपस्थित हुने सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले जिल्लाका कुनै स्थानमा घटना हुँदा प्रहरीले पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नेदेखि दुव्र्यवहारका घटना बढ्दै गएपछि एसपी थापा सहित घटनामा संलग्नलाई कार्बाहीको माग गरिएको बताए । ‘यस अघि पनि प्रहरीबाट जानजान घटना दोहोरिदै आए, ‘उनले भने, ‘विज्ञप्ति मात्रै निकालेर नहुने भो, ‘अब केही कडाई आन्दोलनमा जानु पर्ने भयो ।’
