ghar sansar

सुकासाल काण्ड : प्रहरी निरीक्षक शाही नेतृत्वको टोलीमाथि छानबिन गर्न प्रेस युनियनको माग

महेन्द्रनगर । नेपाल प्रेस युनियनले पत्रकारलाई कुटपिट तथा धरपकड गर्ने प्रहरी निरीक्षक विनु शाही नेतृत्वको प्रहरी टोलीमाथि छानबिन गरी कारवाही गर्न माग गरेको छ ।

युनियनका महासचिव दिलिप पौडेलले बुधबार विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कार्य सह्य नहुने उल्लेख गर्दै शाही नेतृत्वको प्रहरी टोलीमाथि छानबिनको माग गरेको हो ।

mantra hos123

भीमदत्त नगरपालिका १० सुकासलामा मंगलबार साँझ प्रहरी र केयरिङ्गकर्ताबीच झडपको समाचार संकलन गरि रहेका बेला शाही नेतृत्वको प्रहरी टोलीले पत्रकारलाई कुटपिट गर्दै पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले पनि शाही नेतृत्वको टोलीमाथि छानबिन गरी कारवाही गर्न माग गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...