ghar sansar

पत्रकार पक्राउमा संलग्न प्रहरीलाई कारवाही गर्ने सिडिओको प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले पत्रकार पक्राउमा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

भीमदत्त नगरपालिका १० सुकासालबाट समाचार संकलन गरि रहेका पत्रकार पक्राउ गरिएको घट्नालाई लिएर प्रशासन कार्यालयमा गएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र पत्रकार महासंघ कञ्चनपुरको संयुक्त डेलिगेसनसंग प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र कारवाही गर्ने प्रतिवद्धता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी अर्यालले पत्रकार पक्राउको छानबिन गरी संलनमाथि कारवाही गर्ने प्रतिवद्धता गरे । उनले छानबिनका लागि आफूलाई तीन दिनको समय दिन आग्रह गरेका छन् ।

पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले घट्नालाई गम्भीर रुपमा लिएर अघि बढेको उल्लेख गर्दै तीनभित्र छानबिन गरी कारवाही गर्ने बताए ।

सुकासालमा केयरिङ्गकर्ता र प्रहरीबीच झडपमा समाचार संकलन गरि रहेका बेला तीन दिन अघि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र विनु शाही नेतृत्वको प्रहरी टोलीले पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँबरलाई पक्राउ गरेको थियो ।
पत्रकार महासंघ कञ्चनपुरले बुधबार पत्रकार पक्राउको निन्दा गर्दै प्रहरी निरीक्षकद्वय विष्ट र शाहीलाई कारवाही, एसपी थापालाई फिर्ता सहितको माग राखेर आन्दोलन घोषणा गरेको थियो । त्यस अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारीलाई महासंघको डेलिगेसनले छानबिन गरी संलग्नमाथि कारवाही गर्न माग गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले नियतबस घटना नभएको भन्दै दुखित भएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले सार्वजनिक चासोको विषय र घटनाको समाचार संकलन गरिरहेका पत्रकार नाथ र कुँवरलाई फोटो भिडियो खिच्न कसले अनुमती दियो भन्दै मोवाईल नियन्त्रणमा लिने ? जस्ता निदनिय कार्य गर्ने प्रहरीमाथि विभागिय कार्बाही गर्नुपर्ने बताए ।

पत्रकार खेम भण्डारीले घटना स्थलमा रिर्पोटिङ्गमै रहेका पत्रकारद्वय कुँवर र नाथलाई पक्राउ गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै प्रहरीले पत्रकार पक्राउ गर्ने कार्य निन्दनिय भएको बताए । बरिष्ठ पत्रकार चित्राङ्ग थापाले घटनाको रिर्पोटिङ्ग गरिरहेका पत्रकारलाई परिचय दिदादिदै पक्राउ गरेर हतकडी लगाउने कार्य निन्दनिय भएकाले आदेश दिने र पक्राउ गरेर ल्याउने प्रहरी अधिकृतमाथि कार्बाहीको माग अघि सारे ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णू दत्त अवस्थीले समाचार संकलन गर्ने पत्रकारमाथि प्रहरी जाईलाग्ने कार्य निन्दनिय भएको बताए । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले समाचार संकलनका क्रममा पत्रकारमाथि भएका घटनामा संलग्न सबैलाई कार्बाहीको माग गरे ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले पत्रकारमाथि भिडियो र फोटो खिच्न अवरोध गर्ने कार्य गलत भएकाले अवउपरान्त यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका छन ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले समाचार संकलन गर्न फिल्डमा खटिएका पत्रकारद्वय रावल र कुँवरमाथि ज्यादती गर्ने प्रहरी अधिकृतलाई कार्बाही नगरे गृहमन्त्रालय केन्द्रीत आन्दोलनको चेतावनी दिए ।

Himal dental
सम्बन्धित
Loading...