कञ्चनपुरका एसपी थापाले भने – नियतवश पत्रकार पक्राउ गरिएको होइन, पक्राउको घट्नाले दुःखित छु

Amity

महेन्द्रनगर । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले पत्रकारलाई पक्राउ नियतवश पक्राउ नगरिएको बताएका छन् । उनले पत्रकार पक्राउको घट्नाले आफू दुःखित भएको बताए ।

नेपाल पत्रकार महासंघ सुुदूरपश्चिम प्रदेश समिति र पत्रकार महासंघ कञ्चनपुरले संयुक्त रुपमा प्रशासन कार्यालयमा गएको डेलिगेसनपछि गरिएको छलफल कार्यक्रममा उनले पत्रकारलाई नियतवश पक्राउ नगरिएका उल्लेख गर्दै त्यस्तो घट्नाले आफू  दुःखित भएको बताए ।

janjyoti campus

पत्रकार महासंघसिछ छलफलमा प्रहरी उपरीक्षक थापा सहित प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र विनु शाही सहभागी भएका छन् । उनीहरुमध्ये प्रहरी निरीक्षकद्वय विष्ट र शाही दुबैलाई कारवाही गर्न महासंघको डेलिगेसशन गएको हो । उनीहरु दुबै जना नेतृत्वको टोलीले सुकासलामा पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँबरलाई पक्राउ गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले पत्रकार पक्राउमा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले घट्नालाई गम्भीर रुपमा लिएर अघि बढेको उल्लेख गर्दै तीनभित्र छानबिन गरी कारवाही गर्ने बताए ।

सुकासालमा केयरिङ्गकर्ता र प्रहरीबीच झडपमा समाचार संकलन गरि रहेका बेला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र विनु शाही नेतृत्वको प्रहरी टोलीले पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँबरलाई पक्राउ गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...