ghar sansar

महाकाली नदीमा सशस्त्र प्रहरीको विपद् पूर्व तयारी अभ्यास

khasi

महेन्द्रनगर । सशस्त्र प्रहरीले महाकाली नदीमा विपद् पूर्व तयारी अभ्यास गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल ३५ नक्बर गण हेक्वा शैलेश्वरीले महाकाली नदीमा विपद् पुर्व तयारी अभ्यास गरेको हो ।

बर्षात शुरु हुन एक महिना बाँकी रहदा सशस्त्र प्रहरी बलले बर्षातका बेला हुनसक्ने जल प्रकोप सहितका विपद् जोखिम न्यूनिकरणका लागि विपद् पुर्व तयारी अभ्यास गरेको छ ।विपद्का बेला पानीमा हराएका, डुबेका मनिसको खोज तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल ३५ नक्बर गण हेक्वा शैलेश्वरीले जल उत्पन्न प्रकोप प्रतिकार्यका लागि अभ्यास गरेको जनाएको छ ।

Anant bahu travels

सशस्त्र प्रहरी बल नेपाल ३५ नक्बर गण हेक्वा शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले विपद् जोखिम अभ्यास गरिएको बताए । ‘बर्षातका बेला जल उत्पन्न प्रकोपबाट बाँच्न, खोज तथा उद्दारका लागि सशस्त्र प्रहरी बलले पुर्व तयारीका लागि अभ्यास गरेको छ, ‘उनले भने, ‘विपद्को जोखिममा परेका मानिसको उद्दार एव खोजविनका लागि तयारी अभ्यास गरेका छौँ, यसबाट हाम्रो जनशक्ति थप तयारीमा रहन्छ ।’

dirghayi clinic

सशस्त्र प्रहरीले नदी खोला पानीमा हराएका, डुबेका मानिसको खोज उद्दार गरेर अस्पताल पु¥याउने सम्मका अभ्यास गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बमले अभ्यासको नेतृत्व गरेका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सशस्त्र प्रहरी बलले विपद्का बेला जनताको जिउधनको सुरक्षाका लागि खटिनुपर्ने भएकाले त्यस अवागै तयारी अभ्यास गरेको बताए ।

‘विपद्बाट कसरी बाँच्नेदेखि जोखिममा परेकाको उद्दारका लागि सशस्त्र प्रहरीको विप्द उद्दार टोलीबाट गरिएको अभ्यास व्यवहार त विपद्कै बेला प्रभावकारी प्रयोग गर्नुपर्छ, ‘प्रजिअ अर्यालले भने, ‘सशस्त्र प्रहरीले अब थप तयारीको अवस्थामा रहनुपर्छ ।’

यस अघि पनि सशस्त्र प्रहरीले विपद्का बेला कञ्चनपुरमा खोज तथा उद्दार कार्य सकृयतापुर्वक गर्दै आएको छ।

Himal dental
सम्बन्धित
Loading...