ghar sansar

प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्री साउँद छलफलमा व्यस्त

Amity

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र बनाएका छन् । जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल तीव्र पारेका हुन् ।

परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरु सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए ।

lotus institite

पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसागै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए। परराष्ट्र मन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए ।

उक्त छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा. दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...