ghar sansar

नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन घोषणा

khasi

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आमरण अनशन सहितका आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका नेताहरु हरिश दयाल, हरि सुवेदी लगायतले गुरु योजना विपरित मापदण्ड मिचेर जमिनलाई लिजमा दिने लगायतका घोटाला गरिएको भन्दै कारवाहीका लागि आन्दोलनमा उत्रिने अवस्था आएको बताए ।

Anant bahu travels

नगर विकास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले वेवास्ता गरिरहेको भन्दै क्रान्तिकारीले राज्यको सम्पत्ति जोगाउनका लागि क्रान्तिकारी पार्टीले दवावमुलक आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

dirghayi clinic

तत्तकालिन नेकपा बहुमत जिल्ला इन्चार्ज सहेत रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता हरिस दयालले विगतदेखि नगर विकास घोटाला काण्ड बारे पार्टीले आवाज उठाउँदै आएको र अहिले पनि संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका नेता हरि सुवेदीले राज्यको सम्पत्तीमाथि दोहन गर्नेलाई पार्टीले कानुनी कठघरमा उभ्याउनका लागि निर्मम संघर्षममा उत्रिएको बताए ।

अर्का नेता दिपेन्द्र सिह ऐरले अख्तियारले नगर विकास जमिन घोटाला प्रकरणमा दोषी ठहर गरेका व्यक्तिलाई कार्बाही गर्नुपर्ने, कानुन विपरित वितरण भएका जमिन फिर्ता हुनुपर्ने, नगर विकास समिति गठन पुर्व लामो समयदेखि बस्दै आएका खोकाछाप्रा कतै जमिन भएकाको हकमा छानबिन गरेर उनीहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोडदिएका छन । नेता ऐरले आमरण अनसन बस्ने स्थान छनौट भएको तर महेन्द्रनगरमै हुने बताए ।

गत २ कार्तिक ०७९मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास जमिन घोटाला प्रकरणमा तत्तकालिन अध्यक्षत्रय पल्टु राना, पुष्कल चौधरी, गोपाल रसायी सहितका सदस्य सचिव कर्मचारी बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगर विकास समितिको नाममा रहेको ६सय ३८विगाह ६कट्टा ८ धुर जमिनमध्ये केही जमिन मापदण्ड मिचेर लिजमा दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...