मुक्ति समाज कञ्चनपुरको अध्यक्षमा सिनाल

lotus institute

महेन्द्रनगर । एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरको अध्यक्षमा नरेश सिलाल चयन भएका छन् । मुक्ति समाजको आइतबार सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट सिनाल अध्यक्षमा चयन भएका छन् ।

Mahendranagar

अध्यक्षमा सिनाल र विष्णु नेपालीको आकाँक्षी देखिएपछि छलफलपछि सिनाल अध्यक्ष र नेपाली सचिव भएका छन् । समाजको उपाध्यक्ष राजेन्द्र आग्री, किशोर चुनारा, सचिव विष्णू नेपाली, सह सचिव सृजना सुनार, सरिता दमाई र कोषाध्यक्षमा सुन्केसरा नेपाली चयन भएका छन ।

morning glory

समाजको सदस्यमा नरेश सिजापती, पदमा ओड, पशुपति विक, भुपी आउजी, सरिता दमाई, धनकला दमाई लगायतका चयन भएका छन् । मुक्ति समाजका केन्द्रीय सदस्य भारमल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय ईन्चार्ज जितु गौतम प्रमुख अतिथि थिए ।

saark school
सम्बन्धित
Loading...