ghar sansar

एडीबी अनुदानको सडकपछि फुटपाथमा पनि बदमासी, बजारका वासिन्दाले गुहारे एडीबीसम्म

khasi

महेन्द्रनगर । एडीबी अनुदानको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत महेन्द्रनगर बजार क्षेत्रमा सडक निर्माण गरि रहेको जेडआइसी लामाले फुटपाथ निर्माणमा पनि लापरवाही गरि रहेको गुनासो आएका छन् । सडकका विद्युत पोल समेत हटाउन आनाकानी गरी सडक कालोपत्रे गरि रहेको निर्माण कम्पनीले अहिले फुटपाथ निर्माणमा मनपरी गरेको गुनासा सुनिन थालिएका छन् ।

निर्माण कम्पनीले फुटपाथमा पनि मनपरी गर्न थालेपछि बजारका वासिन्दाले एडीबी र निर्माण कम्पनीका इन्जिनियरसम्म गुनासो पोखेका छन् । निर्माण कम्पनीका इन्जिनियरले निर्माण कार्य हेरेर सुधार गर्ने आश्वासन दिएका छन् ।

Anant bahu travels

महेन्द्रनगर बजार गल्ली नं. २ का बिरेन्द्र प्रसाद तिवारीले हचुवाका आधारमा फुटपाथ निर्माण गरिएकाले एडीबी र ठेकेदार कम्पनीका इन्जिनियरलाई फोन गरी सुधार गर्न आग्रह गरिएको बताए ।

dirghayi clinic

‘यो फुटपाथको दायाँ(घरतिरको क्षेत्र), त्यसै खाली छाडिएको छ, यो पानी आएपछि भाँसिएर जान्छ, यसलाई बलियो बनाउनु पर्ने ध्यान दिइएको छैन, अर्को छतबाट चुहिने पानीका लागि हालिएको पानीको निकास हुने ठाउँमा निकै कमसल काम गरिएको छ’ उनले भने,‘यो पानी निकास हुने ठाउँ हो, अहिले नै यसरी खसेर जाँदैछ, पछि के हुने हेर्न सकिन्छ’ उनले भने,‘बजारभरि यसै काम भएको छ, त्यसैले यसलाई सुधारका लागि मैले फोन गरी सुधार गर्न आग्रह गरेको छु ।’

एडिबीको अनुदानको ३८ किलोमिटर सडकमध्ये भीमदत्त नगरपालिकामा अहिले महेन्द्रनगर बजारमा ढल र फुटपाथ सहितको १४ किलोमिटर सडक निर्माणाधिन छ । त्यसमध्ये अधिकाँश सडक बिजुलीका पोल नहटाएर कालोपत्रे गरिएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत निर्माण भई रहेको सडक निर्माणका लागि भीमदत्त नगरपालिकाका मेयरको नेतृत्वमा अनुगमन समिति छ । मेयर नेतृत्वको अनुगमन समितिले अनुगमन गरे पनि निर्माण व्यवसायी पोल नहटाएर कालोपत्रे गर्दै आएको छ ।

भीमदत्तका मेयर पदम बोगटीले सडक निर्माणमा ध्यान नदिएको भन्दै उनी चर्को आलोचनामा परेका छन् ।

Himal dental
सम्बन्धित
Loading...