ghar sansar

सुदूरपश्चिमका कानुन मन्त्री सिह बेलडाँडी आए, गाउँपालिका अध्यक्षले गरे स्वागत

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह बेलडाँडी आएका छन् । उनले गाउँपालिका कार्यालय कार्यालय र ईलाका प्रहरी कार्यालय अनुगमन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट र मेघराज खडका पनि उनी संगै सहभागी भएका छन् । बेलडाँडी गाउँपालिकाको सभाहलमा पालिका प्रमुख हरिशचन्द्र रानाले स्वागत गर्दै बेलडाँडीका समस्या समाधानका लागि आग्रह गरे ।

lotus institite
daimond public

यस्तै बेलडाँडी इलका प्रहरी कार्यालयको अनुगमन गर्दै मन्त्री सिंहले ग्रामिण क्षेत्रका प्रहरीले भोग्नु परेको चुनौति र समस्याका बारेमा बुझेका थिए । बेलडाँडी इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले प्रहरीलाई गस्ती गर्न गाडीको समस्या भएको जनाए ।

यस्तै उनले भने डोकेवजार देखि हुलाकी सडक हुदै दैजी सम्म सिसी क्याम्रा जडान गरे शान्ति सुरक्षा र अपराधन नियन्त्रण गर्नमा ठुलो सहयोग हुने बताए ।

जवाफमा मन्त्री सिंहले त्यसको बिषयमा छलफलका माध्यमबाट टुङ्ग्याउने आसवासन दिए । इलाका प्रहरी कार्यालयले सलामी दिदै स्वागत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...