ghar sansar

माग सुनुवाई नभएपछि चार विद्यार्थी संगठनको आन्दोलन घोषणा, मंगलबार प्रशासनमा धर्ना, बिहीबार विरोध प्रदर्शन

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता गठबन्धन आवद्ध तीन सहित चार दलका विद्यार्थी संगठनले प्रशासन कार्यालयमा बुझाएको मागपत्रको सुनुवाई नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । चार विद्यार्थी संगठनले निजी तथा सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क वृद्धि गरिएका लगायतका माग राखेर पाँच दिन अघि प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रशासन कार्यालयको बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएपछि विद्यार्थी संगठनले बाध्य भएर आन्दोलन घोषणा गरेको एकीकृत समाजवादी आवद्ध अनेरास्ववियुका अध्यक्ष प्रज्वल कुँबरले बताए । ‘निजी र सामुदायिक सबै विद्यालयमा मनपरी रुपमा शुल्क वृद्धि गरिएको छ, निःशुल्क शिक्षा भने भनि शुल्क लिइएको छ’ उनले भने,‘त्यसलाई नियन्त्रण गर्न पर्ने माग राखेर ज्ञापन बुझाएका थियौ, त्यसबारे केही सुनुवाई नभए आन्दोलन गर्न बाध्य भएका छौ ।’

,orning glory badhai
dirghayi clinic

समाजवादीको अखिल सहित काँग्रेसका नेपाल विद्यार्थी, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र विप्लव नेकपाको अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएका छन् । विप्लव बाहेक अन्य तीन विद्यार्थी संगठन सत्ता गठबन्धन दलका हुन् ।

विद्यार्थी संगठनले सोमबार विज्ञप्ति जारी सार्वजनिक आन्दोलन कार्यक्रम घोषणा गरिएको छ । त्यस अनुसार मंगलबार मंगलबार प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिने र बिहीबार विरोध प्रदर्शन गरी कोण सभा गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघका रमेश चटौत, अखिल क्रान्तिकारीका भुवन विष्ट, अनेरास्ववियुका प्रज्वल कुँबर र अखिल क्रान्तिकारीका अनिल घरेडीले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...