महेन्द्रनगर । बेदकोट नगरपालिकाका सबै वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेका छन् । बेदकोट नगरपालिका ३ बाट आँखा जाँच शिविर सञ्चालन गरिएको छ ।
दैजीमा गरिएको कार्यक्रममा मेयर भोजराज बोहराले शिविर उद्घाटन गरेका छन् । उनले शिविरबाट वासिन्दाले घरदैलोमा सुविधा पाएको उल्लेख गर्दै नगरपालिकाले यसलाई निरन्तरता दिने बताए ।
च्यारिटी फाउन्डेसन धनगढी तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । मेयर बोहराले नगरपालिकाका ८ वडामा शिविर सञ्चालन गरिने बताए । यस अघि वडा नं. २ र ६ मा शिविर सञ्चालन भइ सकेको छ ।
ती दुई वडाबाट अन्य सबै वडामा शिविर सञ्चालन गरिने मेयर बोहराले बताए । नगरपालिकाले आग्रह गरेपछि च्यारिटी फाउन्डेसन धनगढी तथा धनगढी नेत्रालयले आँखा शिविर सञ्चालनमा सहयोग गरेका छन् । धनगढी नेत्रालयका चिकित्सकले शिविरमा आँखा जाँच गरि रहेका छन् ।