ghar sansar

माग पूरा गर्ने सहमतिपछि चार विद्यार्थी संगठनको आन्दोलन फिर्ता

khasi

महेन्द्रनगर । शैक्षिक शुल्क वृद्धि सहित शैक्षिक विकृति विरुद्ध आन्दोलित चार विद्यार्थी संगठनले बुधबार आन्दोलन फिर्ता लिएका छन् । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायसितको छलफलमा विद्यार्थी संगठनका सबै माग पूरा गर्ने सहमतिपछि आन्दोलन फिर्ता गरिएको हो ।

प्रशासन कार्यालयलाई जेठ २ गते बुझाइएको मागको वेवास्ता गरिएपछि विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका थिए । त्यस अनुसार मंगलबार चार विद्यार्थी संगठनले प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका थिए ।

Anant bahu travels

प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालयको कार्यकक्षमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सहितको सहभागितामा विद्यार्थी संगठनका मागबारे छलफल गरिएको छ । एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रज्वल कुँबरले प्रशासन कार्यालयमा विद्यार्थी संगठनका सबै माग पूरा गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको बताए ।

dirghayi clinic

‘उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरी शैक्षिक क्षेत्रका विकृति सुधारका लागि माग अघि सारेका थियौ, त्यसपछि प्रशासन कार्यालयमा मागपत्र पनि बुझायौ’ उनले भने,‘त्यो मागपत्रमा सुनुवाई नभएपछि आन्दोलन घोषणा गरी अघि बढेको सन्दर्भमा बिहीबार प्रशासन कार्यालयले छलफल गरी माग सम्बोधन गर्ने सहमति गरेको छ, त्यसपछि आन्दोलन फिर्ता लिइएको हो ।’

प्रशासन कार्यालयले सहमति अनुसार माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए । एकीकृत समाजपवादीको अखिल सहित नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपाको अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रशासन कार्यालयका छलफलमा विद्यार्थी संगठनबाट नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश चटौत, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भुवन विष्ट, अनेरास्ववियुका अध्यक्ष प्रज्वल कुँबर र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल घडेरी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...