ghar sansar

बेदकोटमा एन प्याब्सनको वक्तृत्वकला प्रतियोगिता, २५ विद्यालय सहभागी

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६ औँ गणतन्त्र दिवसको अवसरमा सोमबार राष्ट्रिय निजि तथा आवसिय विद्यालय एसोसिएसन नेपाल कञ्चनपुरको (एन–प्याब्सन) आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

कार्यक्रम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य तथा एन–प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोसीको सभापतित्वमा गरिएको छ ।

Anant bahu travels
dirghayi clinic

एन–प्याब्सनका केन्द्रिय उपाध्यक्ष श्याम सिह मौनी, एन–प्याब्सनका केन्द्रिय सदस्य सत्येश बहादुर चन्द, वेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता चित्र देव भट्ट, वेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु थापाको विशिष्ट आतिथ्य तथा अतिथिमा क्रमशः शिक्षा समिति सदस्य मुकुन्द देव भट्ट, घटाल मावि सुडाका प्रधानाध्यापक कृष्ण पन्त, सरस्वती मावि उल्टाखामका सहप्रधानाध्यापक नवराज पन्त, भुवनेश्वरी माविका प्रधानाध्यापक रण बहादुर दौल्याल लगायत सहभागी भएका छन् ।

प्रतियोगितामा कञ्चनपुरका २५ वटा विद्यालयको सहभागीता रहेको कार्यक्रमका सञ्चालक तथा एन–प्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले बताए । प्रतियोगितामा माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा मर्निङ ग्लोरीमा अध्ययनरत छात्रा पृयान्जल गहतराज प्रथम, भुवनेश्वरी विद्या मन्दिरमा अध्ययनरत प्रतिभा जोशी द्वितीय, उग्रतारा बाल विद्यालयमा अध्ययनरत लिजा अधिकारी तृतीय तथा रेडियन्ट माविमा अध्ययनरत छात्र आयुष गिरीले सान्त्वना स्थान प्राप्त गरेका छन् भने आधारभुत तह वक्तृत्वकला प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्र विशाल लेखक प्रथम, युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत छात्रा समृद्धि ऐरी द्वितीय, मर्निङ ग्लोरीमा अध्ययनरत छात्रा प्रबेसिका ओझा तृतीय तथा जगदम्बा स्कुलमा अध्ययनरत सुशीला भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमशः रु २५०० रु २००० रु १५०० रु ५०० नगद पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रमका सञ्चालक तथा एन–प्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले बताए ।

कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भोजराज बोहराले १६ औँ गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई आफ्नो बोल्ने सीप र कला विकास गर्ने वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकोमा एन–प्याब्सन कञ्चनपुरलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...