![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ परेको छन् ।
भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगरको बसपार्क क्षेत्रमा रहेको होटल रतगैयाबाट होटल सञ्चालक लाल बहादुर चौधरी र वडा अध्यक्ष थापा सहित दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
प्रहरीका अनुसार भीमदत्त नगरपालिका ३ का धिरज चन्द, ४ का सञ्जु राना, १८ का नारायण चन्द, १ का राकेश साउँद, देवराज नाथ, शेर सिंह बिष्ट, धर्मराज भट्ट र हर्क बोहरा पक्राउ परेका छन् ।
उनीहरुबाट नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको छ । अध्यक्ष थापा पक्राउ परेपछि काँग्रेस नेताहरु प्रहरी कार्यालय पुगेका थिए ।
यस बिचमा थापालाई छुटाउने प्रयास गरिएको थियो । अध्यक्ष थापा २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा ११ बाट निर्वाचित भएका हुन् ।
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)