ghar sansar

जन्म दिनमा अनाथ बालबालिकालाई एमाले नेता सिहको सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) का नेता बचन बहादुर सिंहले आफ्नो जन्म दिनमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहित सहयोग गरेका छन् ।

dirghayi clinic

कृष्णपुर नगरपालिका–६ स्थित कृष्ण प्राणामी सेवा धाम अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सिहले सोमबार आफ्नो ४३ औं जन्मदिन मनाएका हुन ्। उनले शैक्षिक सामाग्रीसँगै नगद रुपैयाँ, खाद्यान्न र फलफुल पनि वितरण गरेका थिए ।

,orning glory badhai

शैक्षिक सामाग्री वितरण गर्दै सिंहले भने, ‘केक काटेर होटल तथा रेष्टुरेन्टहरुमा पार्टी गर्दै जन्मदिन मनाउने प्रचलन बढेको छ, त्यसरी जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अनाथ तथा बेसहारा बालबालिकाको पढाईमा सहज होस् भनेर शैक्षिक सामाग्री वितरण गरेको हुँ।’ अनाथ बालिबालिकालाई सधैं आवश्यक सहयोग गर्ने उनले बताए ।

‘हरेक मान्छे एक्लै जन्मिन्छ, एक्लै मर्छ, जसको केही छैन्, उसका लागि हामी छौं,’ उनले भने, ‘अनाथ बालबालिकालाई सधैं आवश्यकता अनुसार सहयोग गर्नेछु।’

Himal dental
सम्बन्धित
Loading...