
महेन्द्रनगर । नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता रमेश लेखकका स्वकीय सचिवको आपत्तिजनक भिडिओ बाहिरिएको छ। बैतडीको मेलौली स्थायी घर भएका लेखकका स्वकीय सचिव जनक भट्ट र एक भारतीय युवतीको अश्लिल भिडिओ संवाद सार्वजनिक भएको हो ।
सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ। सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ। २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको देखिएको छ ।
सो भिडिओबारे भट्टले भने भिडिओ आफ्नै भएको स्वीकार गर्दै २÷३ वर्ष पुरानो भएको दाबी गरे । उनले पुरानो भिडिओ अहिले भाइरल भइरहेको पनि बताए । उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो। मैले त्यो कल स्वीकार गरे ।
त्यसपछि आपत्तिजनक दृश्य देखेपछि मैलें फोन काटि दिए । तर, पछि विभिन्न इडिट गरेर मेरो भिडिओ बनाएर तपाई ५० हजार दिनुस् नत्र भाइरल गर्दिन्छु भनेर धम्की आयो । तर, रकम नदिएपछि अहिले त्यो भिडिओ भाइरल गरिदैछ ।’ पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन् ।
साभार : महेन्द्रनगर पोष्ट
