ghar sansar

बेदकोटका सबै वडामा निःशुल्क आँखा शिविर, ३ हजार बढी वासिन्दा लाभावान्तित

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट तीन हजार बढी वासिन्दाले सेवा लिएका छन् । धनगढी नेत्रालय र च्यारिटी फाउन्डेसनले बेदकोट नगरपालिकाको सहयोगमा ८ वडामा आँखा शिविर सञ्चालन गरिएको छ ।

शिविरबाट ३ हजार ३ सय ५४ वासिन्दाले सेवा लिएका छन् । शिविरमा आँखा जाँच गराएकामध्ये ४ सय ३ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिश गरिएका छन् । शिविरमा ४ सय ७७ जनालाई चश्मा वितरण गरिएको छ ।

,orning glory badhai

बेदकोट नगरपालिका वडा नं. १ र ६ बाहेक अन्य वडामा शिविर सञ्चालन गरिएको हो । यी दुबै वडामा यस अघि शिविर सञ्चालन गरिएको थियो ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सबै वडामा अभियानका रुपमा आँखा शिविर सञ्चालन गरिएको बताए । ‘नगरका वासिन्दालाई घरदैलोमा स्वास्थ्य सेवा पुगाउने नीति अनुसार अभियानका रुपमा आँखा शिविर सञ्चालन गरिएको हो’ उनले भने,‘शिविरमा उत्साहजनक सहभागिता रह्यो, यसका लागि नगरपालिकाका धनगढी नेत्रालय, रोटरी क्लब लगायतका सबैमा धन्यवाद सहित आभार व्यक्त गर्दछ ।’

dirghayi clinic

मेयर बोहराको अध्यक्षतामा कार्यक्रम गरी शिविर समापन गरिएको छ । उनले वडा नं. ३ को दैजीबाट शिविर उद्घाटन गरेका थिए । समापन कार्यक्रममा उप प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट , स्वास्थ्य शाखा संयोजक हरिषा पाल, उप–संयोजक सिद्धराज भट्ट नर्सिङ अधिकृत भावना भण्डारी लगायतका सहभागी भएका छन् ।

शिविरमा धनगढी नेत्रालयका नेत्र चिकित्कहरुले आँखा जाँच गरेका थिए । नेत्रालयका नेत्र अधिकृत गोकर्ण भट्ट नेतृत्वको टोलीमा नेत्र सहायक पुजन चापागाई, गुलाब चौधरी, नेत्र विशेषज्ञ आशिष पाण्डेय र नेत्र सहायक सुमन पाण्डेयले आँखा जाँच गरेका हुन् ।

शिविरमा सबैभन्दा बढी वडा नं. २, ९ र १० का वासिन्दाले आँखा जाँच गराएका छन् । वडा नं. ९ का ४ सय ७२, १० का ४ सय ६० र २ का ४ सय १० जनाले आँखा जाँच गरेका छन् ।

बेदकोट नगरपालिका अनुसार शिविरमा वडा नं. ३ का २ सय ८५, ४ का ३ सय ६८, ५ का २ सय ६३, ७ का २ सय १६ र ८ का ३ सय ८० जनाको आँखा जाँच गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...