ghar sansar

कञ्चनपुरका सबै स्थानीय तहले पायो तीन अर्ब ८२ करोड बजेट, बेलडाँडीलाई सबैभन्दा कम 

महेन्द्रनगर । सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तु्त आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा कञ्चनपुर जिल्लाका नौ पालिकाले तीन अर्ब ८२ करोड ८२ लाख रुपैयाँ पाउने उल्लेख छ ।

कञ्चनपुरमा सात नगरपालिका र दुई गाउँपालिका छन् । भीमदत्त नगरपालिकाले सबैभन्दा बढी ७८ करोड ८१ लाख रुपैयाँ पाउने भएको छ भने बेलडाँडी गाउँपालिकाले सबैभन्दा कम २५ करोड १३ लाख रुपैयाँ पाउने छ ।

mantra hos123

नयाँ नगरपालिकामध्ये सबैभन्दा धेरै बेलौरी नगरपालिकाले ४४ करोड ९० लाख र सबैभन्दा कम दोधारा चाँदनी नगरपालिकाले ३४ करोड ३६ लाख रुपैयाँ पाउने छ ।

बजेट पुस्तिका अनुसार कृष्णपुर नगरपालिकाले ४२ करोड १८ लाख र पुनर्वास नगरपालिकाले ४४ करोड ८३ लाख रुपैयाँ पाउने भएका छन् ।

त्यसैगरी बेदकोट नगरपालिकाले ४४ करोड ५९ लाख र शुक्लाफाँटा नगरपालिकाले ४० करोड ३२ लाख रुपैयाँ पाउने बजेट वक्तव्यमा उल्लेख छ ।

लालझाडी गाउँपालिकाले भने आगामी वर्ष २७ करोड ८० लाख रुपैयाँ पाउने छ ।

Himal dental
सम्बन्धित
Loading...