ghar sansar

राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बजेटमा नराखिएपछि आन्दोलन घोषणा, भोलि विहान एक घण्टा चक्काजाम

khasi

महेन्द्रनगर । सरकारले आफ्नै निर्णय विपरित कैलालीको गेटास्थित प्रस्तावित मेडिकल कलेजलाई प्रतिस्ष्ठानका रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन घोषणा भएको छ । सरकारले तीन महिना अघि शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारले सोमबार संसदमा प्रस्तुत गरेको बजेटमा एक सय शैय्याको प्रतिस्ष्ठान वा अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको थियो । त्यस अघि जेठ ५ गते सरकारको नीति तथा कार्यक्रममा भने विश्वविद्यालय उल्लेख गरिएको थियो ।

विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिको आव्हानमा बुधबार विहान कैलालीको अत्तरियामा भएको भेलाबाट आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।

dirghayi clinic

भेलामा सहभागी विश्वविद्यालय स्थापना अभियानका अभियन्तामा निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले भेलाबाट बिहीबार विहान एक घण्टा चक्काजाम र त्यसपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई माग सहित ज्ञापन बुझाउने कार्यक्रम घोषणा गरिएको बताए ।

एमालेका निवर्तमान साँसद डा. भट्टले दुई वर्षदेखि विश्वविद्यालय स्थापनाको माग गर्दै आएका छन् । दुई वर्ष अघि संसदमा डोटेली भाषामा भाषण गरी उनले संसदको ध्यानाकर्षण गराएका थिए । त्यसपछि उनी विश्वविद्यालय स्थापनामा सक्रिय रुपमा लाग्दै आएका छन ।

‘बजेटमा सुदूरपश्चिमका आम जनताको भावना विपरित प्रतिस्ष्ठान बनाउने कुरा आएको छ, नीति तथा कार्यक्रममा भएको कुरालाई बजेटमा वेवास्ता गरियो, यो सुदूरपश्चिम प्रदेशका लागि दुर्भाग्य हो’ उनले भने,‘सरकारलाई बजेटमा उल्लेखित कुरा सच्याउनका लागि पहिलो चरणको संघर्ष स्वरुप यी कार्यक्रम घोषणा गरिएका हुन् ।’

संघर्ष समितिले आज दिउँसो अत्तरियामा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेय लगायतले सरकारले सुदूरपश्चिमलाई हेप्ने गरी विश्वविद्यालयलाई बजेटमा समावेश नगरेको भन्दै चर्को असन्तुष्टि पोखे ।

Himal dental
सम्बन्धित
Loading...