ghar sansar

मुलुकलाई सिक्किमीकरण र फिजीकरण हुनबाट रोक्न व्यापक जन दवाब सिर्जना गरौ : एमाले नेता सिंह

Amity

महेन्द्रनगर । नेकपा एमालेका युवा नेता बचन बहादुर सिंहले मुलुकलाई सिक्किमीकरण र फिजीकरण हुनबाट रोक्न व्यापक जन दवाब सिर्जना गरिनु पर्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक सम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि नेता सिहले असन्तुष्टि पोख्दै उनले राष्ट्रव्यापी शक्ति निर्माण गर्नु पर्ने आवश्यकता औल्याएका छन् ।

‘यो कम्फर्टेवल सरकार रहुन्जेल लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहित बिपरित मालिकलाई रिझाउन एकपछि अर्को राष्ट्रद्रोही कामहरु भई रहनेछ’ उनले भने, त्यसैले मुलुक सिक्किमिकरण र फिजिकरण हुनबाट रोक्न व्यापक जनदवाब सिर्जना गर्ने र मुलुक भित्र राष्ट्रबादी शक्ति निर्माण गर्नु अपरिहार्य भैसकेको छ ।’

lotus institite

संसदमा विधेयकमाथि छलफल नहुनलाई उनले संविधान उल्लङ्घन र आक्रमण भएको उल्लेख गर्दै नयाँ जनादेश आएपछि संसदमा छलफल हुनु पर्नेमा जोड दिए ।

‘नागरिकता विधेयक अघिल्लो संससमा २÷२ पटक पेश भएको र पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा अस्वीकृत भैसकेको सर्व विदितै छ । कुनै पनि विधेयक अनन्तकालसम्म जीवित रहँदैन र नयाँ जनादेश आईसकेपछि संसदमा छलफल नहुनु संविधानको उल्लङघन र संविधान माथिको आक्रमण हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...