ghar sansar

केयरिङ्ग गर्ने महिला प्रहरीको निशानामा, दुई जना नियन्त्रणमा लिएर भन्सारलाई बुझाइए

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलीका सामान सहित दुई महिलालाई प्रहरीले नियन्त्रमा लिएको छ । बुधबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका सामान सहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

भीमदत्त नगरपालिका–१० बाट भन्सार छलीका खुर्सानी, नरिवल र कपडासहित भीमदत्त नगरपालिका–७ की ४५ वर्षीया कलावती जाग्री र सोहि स्थानकी ३७ वर्षीया सिता धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जना केयरिङ्गकर्ता हुन् ।

यस अघि सुकासालमा प्रहरी र केयरिङ्गकर्ताबीच झडप भएपछि केहीलाई पक्राउ गरिएको थियो । उनीहरुमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...