Sarsoti

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै एमालेका युवा र विद्यार्थीले जलाए प्रचण्ड र मोदीको पुत्ला

lotus institute

महेन्द्रनगर । नेकपा एमालेका युवा र विद्यार्थीले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

Mahendranagar

एमाले पार्टी कार्यालयबाट साँझ राँके जुलुश प्रदर्शन गरी मदनचोकमा दुबैको पुत्ला दहन गरिएको छ । प्रहरीले पुत्ला दहनमा हस्तक्षेप गरेपछि झडप समेत भएको छ । उनीहरुले प्रहरी विरुद्ध पनि नाराबाजी गरेका छन् ।

morning glory

एमाले पार्टी कार्यालयबाट क्याम्पस रोड हुँदै उनीहरु मदनचोक पुगेका थिए । प्रहरीले क्याम्पस रोडमा पनि पुत्लालाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

पुत्ला दहनपछि पिपलचौतारामा गरिएको कार्यक्रममा युवा संघ र अखिलका नेताले देश बेच्न पाईँदैन भनेर नाराबाजी गरे । युवा संघका प्रविन बोगटी र अखिलका कमल रोकायाले सम्बोधन गर्दै राष्ट्रघाती निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन गरिने चेतावनी दिएका छन् ।

saark school
सम्बन्धित
Loading...